नेपाल र पीएनजी बिच दोस्रो खेल आज 

नेपाल र पीएनजी बिच दोस्रो खेल आज 

२०७८, चैत्र १२ शनिवार

  • 941
    SHARES

  • नेपाल र पीएनजी बिच दोस्रो खेल आज 

    काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बिच दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ ।

    नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ ।

    शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जित उन्मुख भए पनि नेपाल पीडनजीसँग ६ रनले पराजित भयो । नेपालका रोहित पौडेलले शतक प्रहार गरे पनि हारले उनको शतक फिक्का बनेको थियो ।

    आजको खेल पनि बिहान ९ः३० बजे सुरु हुनेछ । यो दुई खेलको एक दिवसीय शृङ्खलामा नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले युवा खेलाडीलाई अवसर दिएका छन् ।

    २०७८, चैत्र १२ शनिवार०७:५२:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार