चोक्टा खान गएकालाई वैशाख ३० मा झोलमा डुबाउँछौँ : अध्यक्ष ओली

चोक्टा खान गएकालाई वैशाख ३० मा झोलमा डुबाउँछौँ : अध्यक्ष ओली

२०७८, चैत्र १२ शनिवार

  • 673
    SHARES

  • चोक्टा खान गएकालाई वैशाख ३० मा झोलमा डुबाउँछौँ : अध्यक्ष ओली

    उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिएका छन् । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको उनले बताए ।

    ‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त समय वैशाख ३० हो,’एमाले उदयपुरमा जनसभालाई (शुक्रबार) दिउँसो सदरमुकाम गाईघाटमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘पिलो निचोर्दैमा वजन घट्छ भन्ने हैन, हल्का दुखाई मात्र कम भएको हो, अब हाम्रो वजन बढिसकेको छ ।’ उनले सत्तामा रहे पनि नरहे पनि एमालेप्रति जनविश्वासमा कमी नआएको बताए ।

    पार्टी छोडेर गएका माधव नेपाल समूहलाई लक्षित गर्दै ओलीले विकास र समृद्धिको यात्रामा एमालेले गरेको असाधारण उपलब्धि देख्न नसकेर परमादेशबाट स्थापित भएको सरकारलाई चुनावबाटै विस्थापन गराइने उद्घोष गरे ।

    उनले जिल्ला र स्थानीय तहलाई जोड्ने गरी २ सय ६६ वटा सडक राजमार्ग र ३ सय ९६ वटा अस्पताल एकैसाथ शिलान्यास गर्दा आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको बताए ।

    ‘हामी विकास र समृद्धिको यात्राले जनतालाई जोडन चाहन्छौँ,’ उनले भने, ‘निकट भविष्यमा नै चुनाव आउँदै छ, त्यसमा पुन: जनताको विश्वासबाट सरकारको बागडोर सम्हाल्छौँ ।’ उनले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने दाबी गरे ।

    समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै ओलीले यसलाई एमालेले मात्र अघि बढाउन सक्ने बताए ।

    ओलीले आफू प्रधानमन्त्री हुँदा धरहरा, रानीपोखरी, विभिन्न राजमार्ग, अस्पताल, सडक, कृषि, पूर्वाधारका लागि पर्याप्त बजेट थियो र त्यहीअनुसार काम भए, तर अहिले तिनै योजना बजेट भएन भन्दै कटौती गर्नु लज्जास्पद भएको बताए ।

    ‘बजेट परिचालन र खोजी गर्न क्षमता चाहिन्छ,’ उनले भने, ‘त्यो क्षमता नभएकै कारण आफ्ना पालामा भएका विकास निर्माणका काम, शिलान्यास, उद्घाटन सबै बजेट अभाव देखाउँदै रोकिनु दुखद छ ।’

     

    २०७८, चैत्र १२ शनिवार०८:२२:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार