गोलमेसिन मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित

गोलमेसिन मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित

२०७८, चैत्र १२ शनिवार

  • 997
    SHARES

  • गोलमेसिन मेस्सीको गोलमा अर्जेन्टिनाको सानदार जित

    काठमाडौं । कतार फिफा विश्वकप-२०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले गोलमेसिनका उपनाम पाएका कप्तान लियोनल मेस्सीको गोलसँगै भेनेजुएलामाथि ३ - ० अन्तरको सानदार जित निकालेको छ ।

    शनिबार बिहान घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डि मारिया र कप्तान लियोनेल मेस्सीले गोल गरे ।

    अर्जेन्टिनाले घरेलु दर्शक माझ पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । ३४औं मिनेटमा निकोलस गोन्जालेजको गोलसंगै अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता बनायो । ७९औं मिनेटमा डि मारियाले गोल गरे ।

    ८२औं मिनेटमा डि मारियाकै पासमा कप्तान लियोनेल मेस्सीले गोल गर्दै अर्जेन्टिनाको सानदार जित निकाले । जितपछि अर्जेन्टिना १६ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित भेनेजुएला १७ खेलबाट १० अंक जोडेर पुछारमा छ । 

    २०७८, चैत्र १२ शनिवार०८:३४:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार