राष्ट्रिय भलिबल प्रतियोगिताः त्रिभुवन आर्मी क्लब च्याम्पियन

राष्ट्रिय भलिबल प्रतियोगिताः त्रिभुवन आर्मी क्लब च्याम्पियन

२०७८, चैत्र १२ शनिवार

  • 889
    SHARES

  • राष्ट्रिय भलिबल प्रतियोगिताः त्रिभुवन आर्मी क्लब च्याम्पियन

    काठमाण्डौ । धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागीय टिम नेपाल पुलिसलाई पराजित गर्दै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको छ ।

    आज भएको प्रतिस्पर्धामा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । २५–२३ मा पहिलो र २५–२० दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने १८–२५ ले गुमाउनु परेको थियो । चौथो सेट २५–२२ ले जित्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो ।

    उपाधिसँगै आर्मीले पुरस्कारस्वरुप रु चार लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको पुलिसले रु दुई लाख प्राप्त गरेको छ ।

    यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३–१ को सेटले पराजित गरेको थियो । तेस्रो स्थान प्राप्त गर्ने गण्डकीले रु एक लाख र चौथो स्थान प्राप्त गर्ने एपिएफले रु ५० हजार प्राप्त गरेका छ ।

    सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर धामीले पुरस्कार वितरण गरे ।

    प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित आर्मीका मानबहादुर श्रेष्ठले रु १५ हजार प्राप्त गरे । उदयीमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रबिन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलिस क्लबका इमराना मगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह भए ।

    उनीहरुलाई जनही १० हजारसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा तीन विभागीय र छ प्रदेश गरी नौ टोलीको सहभागिता रहेको थियो ।

    २०७८, चैत्र १२ शनिवार०६:०७:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार