स्थानीय निर्वाचन योजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै

स्थानीय निर्वाचन योजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै

२०७८, चैत्र १३ आइतवार

  • 1.8K
    SHARES

  • स्थानीय निर्वाचन योजना बनाउन एमाले स्थायी कमिटीको बैठक बस्दै

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज (आइतबार) बस्दै छ ।

    बैठक अपराह्न ३ बजे महाराजगन्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने छ ।

    बैठकले हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

    नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।

    २०७८, चैत्र १३ आइतवार०७:०१:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार