काठमाडौं । दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपालको ११ औं अधिवेशन सम्पन्न भएको छ ।
शनिवार राजधानीमा सम्पन्न अधिवेशनले सहदेव अर्यालको नेतृत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिती निर्वाचित गरेको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा लालबहादुर बिष्ट, तीन उपाध्यक्षमा भोजराज खरेल, दिनेश जोशी र धर्मनारायण देव, महासचिव दिपबहादुर लामिछाने, तीन उप-महासचिव सन्तोष ढुङ्गेल, चुडामणि आचार्य र किशोर सिंह, तीन सचिव सम्झना पौडेल, सागर नेपाल र पुरुषोत्तम मगजु तथा कोषाध्यक्षमा अनुप खत्री निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यहरुमा धनिराम थारु, राजकुमार महर्जन, लाक्पा डिन्डुप तामाङ, डा. माधव पान्डे, सुरथ खड्का, पार्वती गिरी, राजेन्द्र आचार्य, रामकेवल राय, भोज प्रसाद दाहाल, महमद नौसाद, अरुण कुमार साह, बुद्ध गुरुङ, रामहरि थापा, सीता जिएम, टिकाबहादुर गुरुङ र पदेन सदस्यमा आनन्दप्रसाद उपाध्याय, यन्त्रदेव शर्मा, अर्जुन पन्थी, सन्जिव यादव, राजन भुसाल, भावना पोख्रेल, रामशरण रेग्मी, देवेन्द्रप्रसाद अधिकारी र रामभक्त कुवेर निर्वाचित भएका छन् ।
अधिवेशनले ५ सदस्यीय सल्लाहकार समिती समेत बनाएको छ, जसमा डिल्लीराज लम्साल, नुना रेग्मि, भरतराज रोकाय, बासुदेव बस्नेत र प्रभा आचार्य रहेका छन् ।

नेकपा एमाले उपमहासचिव विष्णु रिमालको प्रमुख आतिथ्यता तथा पेशागत महासंघ नेपालका संयोजक बाबुराम थापाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।
राष्ट्रिय पुँजी निर्माण गर्न ट्रेड युनियुन आन्दोलन बिना सम्भव छैन । संविधानले निर्दिष्ट गरेको समाजवादको यात्राको लागि सार्वजनिक संस्थाबिना परिकल्पना गर्न सकिन्न रिमालले भनेका थिए ।
सार्वजनिक संस्था नीजिकरण गर्नुभन्दा यसको गुणस्तरमा एकरुपता र बजारको मूल्य नियन्त्रणका लागि पनि संस्थानको महत्व झनै बढेको थापाले भनेका थिए ।
तीन वर्षे कार्यकालका लागि पुनः सर्वसम्मत निर्वाचित भएका अध्यक्ष अर्यालले दुग्ध विकास संस्थानलाई थप उचाईमा पुर्याउन र नेपाली किसानको भाग्य र भविष्य, उपभोक्तालाई गुरणस्तरिय उत्पादन, नेपाली पुँजीलाई विदेशिन नदिन आफुहरुको जोडरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
संस्थान माथि विभिन्न राजनीतिक हस्तक्षेप भई समाजवादी यात्राको गन्तव्यमा कालो बादल मडारिन थालेकाले सो का विरुद्ध सशक्त प्रतिरोध गरिने पनि अर्यालको धारणा थियो ।