दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन शिक्षामन्त्री पौडेलको आग्रह

दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन शिक्षामन्त्री पौडेलको आग्रह

२०७८, चैत्र १४ सोमवार

  • 897
    SHARES

  • दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन शिक्षामन्त्री पौडेलको आग्रह

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताएका छन् ।

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को ३९औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “संविधानले प्राविधिक शिक्षालाई वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक भनेर किटान गरेको छ । सिटिइभिटीले दक्ष, सक्षम र कामकाजी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ ।”

    सैद्धान्तिक विषयमा विद्यार्थीले रुचि कम देखाएको बताउँदै मन्त्री पौडेलले प्राविधिक विषयलाई जीवनोपयोगी बनाउने गरी नयाँ कार्यक्रम बनाउन निर्देशन दिए । सिटिइभिटीले नीतिगत सुधार र देशभर भएका शिक्षालयलाई नियमन गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए ।

    “हिजो र आजको कृषिमा तात्त्विक भिन्नता छैन”, मन्त्री पौडेलले भने, “हरित कृषि, पशुपालन, पर्यटनलगायत विषयलाई पाठ्यक्रममा समावेश गरी प्राथमिकता दिनुपर्‍यो ।” देशका केही शिक्षण संस्था राज्यले बनाएको कानुनले अप्ठ्यारोमा परेको बताउँदै त्यसलाई संशोधन गर्दै जानुपर्ने तर्क उनको थियो ।

    संस्थाले आन्तरिक सङ्गठन, कर्मचारी व्यवस्थापन र संरचनागत सुधारमा ध्यान दिनुपर्ने बताउँदै आगामी १० वर्षसम्म पनि व्यावहारिक हुने गरी पाठ्यक्रम निर्माण गर्न निर्देशन दिए । उनले मनपरीभन्दा जनघनत्वको मूल्याङ्कन गरी सिटिइभिटीको कार्यक्रम लैजानुपर्ने बताए।

    २०७८, चैत्र १४ सोमवार०७:१९:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार