टोरन्टो । क्यानाडाले विश्वकप फुटबलमा स्थान बनाएको छ। उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनोटअन्तर्गत आइतबार राति भएको खेलमा जमैकालाई ४–० ले पराजित गरेको क्यानडा पछिल्लो ३६ वर्षमा पहिलोपटक विश्वकपमा स्थान बनाउन सफल भएको हो।
टोरोन्टोमा भएको खेलमा जीत निकालेसँगै उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनोटमा तीन शीर्ष स्थानमध्ये एकमा क्यानाडा रहने पक्का भएको हो।
क्यानाडाले पछिल्लोपटक सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप खेलेको थियो। सो विश्वकपमा क्यानडाले गोल गर्न सकेको थिएन र समूहको पुछारमा रहेको थियो।
अमेरिका, मेक्सिको, कोस्टा रिका र पानामा सिधै छनोट हुन अब बाँकी दुई स्थानका लागि प्रतिस्पर्धामा छन्। ८ राष्ट्र रहेको समूहमा चौथो स्थानमा रहने टिमले सोलोमन आइल्याण्ड र न्यूजिल्याण्डबीचको खेलको विजेतासँग प्लेअफ खेल्ने छ।
आगामी विश्वकप फुटबल कतारमा हुँदैछ। -एजेन्सी ।