इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

२०७८, चैत्र १४ सोमवार

  • 745
    SHARES

  • इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

    काठमाण्डौ । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।

    प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

    “हिस्टोरिक समिट” का क्रममा उनीहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।

    उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ ।

    उनी त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि गएका थिए । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।

    घटनाका बारेमा उनले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेका थिए । -एजेन्सी ।

    २०७८, चैत्र १४ सोमवार०१:४३:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार