ह्वाईट हाउसका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

ह्वाईट हाउसका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

२०७८, चैत्र १४ सोमवार

  • 985
    SHARES

  • ह्वाईट हाउसका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

    वासिङ्टन । अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

    उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।  

    उनले आफूलाई सङ्क्रमण भएको पुष्टि भएपनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेका छन् ।

    “मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,” सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

    राष्ट्रपति कार्यालयको यस सम्बन्धी नियम अनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने पनि उनले स्पष्ट पारेका छन् ।   

    ४४ बर्षिया पिएर्रे यसअघि केही महिना अगाडि पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।- एजेन्सी ।

    २०७८, चैत्र १४ सोमवार०३:५३:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार