राज्यको नजरमा निर्मल बालविकास, एकैदिन भवन शिलान्यास र उद्घाटन

राज्यको नजरमा निर्मल बालविकास, एकैदिन भवन शिलान्यास र उद्घाटन

२०७८, चैत्र १५ मंगलवार

  • 2.3K
    SHARES

  • राज्यको नजरमा निर्मल बालविकास, एकैदिन भवन शिलान्यास र उद्घाटन

    काठमाडौं । शारीरिक रुपमा फरक क्षमता भएका बौंद्धिक अपांग बालबालिकालाई अध्यापन गराउने पूरानो विद्यालय निर्मल बालविकास राज्यको नजरमा परेको छ ।  

    सोमवार काठमाडौं महानगरपालिका वडा नं ३१ मा अवस्थित उक्त विद्यालयमा आयोजित एक कार्यक्रमका बिच विद्यालय भवन उद्घाटन र शिलान्यास एक साथ भएका छन् ।

    विद्यालयको भौतिक स्तरोन्नतिका लागि वागमति प्रदेश सांसद गणेश दुलालको पहलमा निर्माण भएको दुईतले पक्की भान्सा घर उद्घाटन भएको छ । त्यस्तै सोहि कार्यक्रममा रु २ करोड ७७ लाख लागत रहेको ३ तले छात्रावास भवन समेत काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् । भवन महानगरको बजेटमा निर्माण हुने छ । 

    10.jpg

    वि.सं.२०३८ सालमा स्थापित विद्यालय बेसहारा जस्तो अवस्थामा रहेको शिक्षकको गुनासो थियो । हाल ९७ जना विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा ९ जना शिक्षक कर्मचारीले सेवा पुर्याईरहेका छन् । विद्यालयलाई २ वर्ष देखि निरन्तर सेवा पुर्याईरहेकी स्वयंसेवी शिक्षिका सिर्जना पराजुलीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । 

    विद्यालयको स्तरोन्नतिका लागि सक्दो सहयोग जारी राख्ने आश्वासन सांसद दुलाल र वडा अध्यक्ष नारायण भण्डारीले मन्तव्यका क्रममा राखेका थिए । 

    सोमवारै महानगर ३१ वडामा बसोबास रहेका ७५ वर्ष भन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई महानगर वरिष्ठ ज्येष्ठ नागरिक सम्मान स्वरुप अतिरिक्त रु १२००० नगदले सम्मान गरिएको थियो । 

    नगर प्रमूख शाक्यको घोषणा 
    विद्यालयको अवस्था, यसको महत्वता र विद्यार्थीको चापलाई मध्यनजर गर्दै आवासिय भवन बनाईदिने घोषणा नगर प्रमूख शाक्यले गरेका छन् । जसका लागि विद्यालय शिक्षा विभाग प्रमुखलाई तत्कालै कार्ययोजना तयार गर्न निर्देशन समेत शाक्यले दिएका छन् । 

    4.jpg9.jpg5.jpg11.jpg7.jpg21.jpg
     

    २०७८, चैत्र १५ मंगलवार०७:५३:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार