युक्रेन युद्ध

राजधानी किएभसहित दुई मुख्य शहरमा आक्रमण कम गर्ने रुसको घोषणा, युक्रेन सशंकित

राजधानी किएभसहित दुई मुख्य शहरमा आक्रमण कम गर्ने रुसको घोषणा, युक्रेन सशंकित

२०७८, चैत्र १६ बुधवार

  • 749
    SHARES

  • राजधानी किएभसहित दुई मुख्य शहरमा आक्रमण कम गर्ने रुसको घोषणा, युक्रेन सशंकित

    लन्डन । शान्ति वार्ताका लागि ‘दुई पक्षीय विश्वास’ बढाउन भन्दै रुसले ‘नाटकीय रुपमा’ युक्रेनका दुई प्रमुख शहरमा सैन्य आक्रमण घटाउने बताएको छ ।

    रुसले राजधानी किएभ आसपासको क्षेत्र र उत्तरी शहर चेर्निहिभमा आक्रमण कम गर्ने बताएको हो।

    रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेयता पहिलोपटक शान्ति वार्तामा देखिने गरी केही सकारात्मक परिवर्तन देखिएको हो । मंगलबार टर्कीको राजधानी स्तानबुलमा वार्ता भएको थियो ।

    रुसले दुई शहरमा आक्रमण कम गर्ने बताए पनि त्यो कति कम वा कस्तो आक्रमण हुने छैन भन्ने खुलाएको छैन ।

    रुसी घोषणालाई लिएर युक्रेन भने शसंकित छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी प्रतिनिधिको वाचनमा विश्वास गर्न सकिने अवस्था नरहेको उल्लेख गरेका छन् ।

    उनले मंगलबार जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘हामीले संकेत सकारात्मक देखिएको भन्न सक्छौँ, तर ती संकेतको अर्थ रुसी बिस्फोट र गोलाबारी रोकिन्छ भन्ने होइन ।’

    रुसले आफ्नो आक्रमण हाल युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ । राजधानी किएभको उत्तर–पश्चिममा रुसले गम्भीर धक्का बेहोरेको छ ।

    स्तानबुलमा मंगलबार युक्रेन र रुसका अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको थियो । त्यसबारे विस्तृत जानकारी आएको छैन ।

    तर अपेक्षित समय भन्दा पहिले नै युक्रेनी वार्ता टोलीका सदस्य निस्किएकाले खासै प्रगति नभएको स्पष्ट हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । -एजेन्सी । 

    २०७८, चैत्र १६ बुधवार०७:२५:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार