फ्रान्स र स्पेन महारथीद्धयद्धारा विपक्षीमाथी गोल वर्षा 

फ्रान्स र स्पेन महारथीद्धयद्धारा विपक्षीमाथी गोल वर्षा 

२०७८, चैत्र १६ बुधवार

  • 2.2K
    SHARES

  • फ्रान्स र स्पेन महारथीद्धयद्धारा विपक्षीमाथी गोल वर्षा 

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार राति विश्वका महारथी राष्ट्र फ्रान्स र स्पेनले सानदार जित निकालेका छन् । दुवैले विपक्षीमाथि समान ५ गोलको जित निकालेका छन् । 

    फ्रान्सले दक्षिण अफ्रिकामाथि ५–० अन्तरको फराकिलो जित निकाल्यो ।

    फ्रान्सको एकपक्षीय जितमा युवा स्टार केलियन एमबाप्पेको दुई तथा ओलिभर जिरुड, विसाम विन यडर र माटियो गुइडोजीले समान एक गोल गरे ।

    यस्तै अर्को खेलमा स्पेनले आइसल्यान्डमाथि ५–० अन्तरको विशाल जित निकाल्यो । स्पेनको जितमा अल्भारो मोराटा र पाब्लो सारावियाले समान दुई गोल गरे भने यारेमी पिनोले एक गोल गरे । -एजेन्सी । 

    २०७८, चैत्र १६ बुधवार०७:४३:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार