नेपाल मलेसियाविरुद्ध भिड्दै

नेपाल मलेसियाविरुद्ध भिड्दै

२०७८, चैत्र १६ बुधवार

  • 869
    SHARES

  • नेपाल मलेसियाविरुद्ध भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।

    शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो ।

    पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।

    पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ ।

    नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।

     

    २०७८, चैत्र १६ बुधवार०८:०७:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार