युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ को मृत्यु, ३३ घाइते

युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ को मृत्यु, ३३ घाइते

२०७८, चैत्र १६ बुधवार

  • 729
    SHARES

  • युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा १२ को मृत्यु, ३३ घाइते

    किभ । युक्रेनको क्षेत्रीय प्रशासनिक भवनमा भएको आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

    रुसको सुरक्षा फौजले गरेको सो हवाई आक्रमणमा परी अरु ३३ जना घाइते समेत भएको अधिकारीहरूले जनाएका छन् ।

    युक्रेनको दक्षिणपूर्वी क्षेत्रमा पर्ने माइकोलायीभ सहरमा घटना भएको युक्रेनको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार जनाएको छ ।

    स्थानीय समय अनुसार बिहान ८:४५ मा हवाई आक्रमण भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । आक्रमणका कारण झण्डै नौ भवनमा क्षति पुगेको पनि अधिकारीहरूले जनाएका छन् ।

    घटनास्थलबाट १८ जनालाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरूले जनाएका छन् ।  -एजेन्सी ।

    २०७८, चैत्र १६ बुधवार०४:०७:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार