कानुन व्यवसायीहरुको मान, मर्यादामा ठेस लाग्न नदिने वार उमेद्वार श्रेष्ठको घोषणा

कानुन व्यवसायीहरुको मान, मर्यादामा ठेस लाग्न नदिने वार उमेद्वार श्रेष्ठको घोषणा

२०७८, चैत्र १८ शुक्रवार

  • 2.1K
    SHARES

  • कानुन व्यवसायीहरुको मान, मर्यादामा ठेस लाग्न नदिने वार उमेद्वार श्रेष्ठको घोषणा

    काठमाडौं । कानून व्यवसायीहरुको अग्रणीसंस्था नेपाल वार एशोशिएसनको केन्द्रीय निर्वाचन भोलि चैत्र १९ गते शनिवार देशभर हुँदैछ । 

    २५ सदस्यीय कार्यसमितिका लागि हुने निर्वाचनमा देशभरबाट ९६०७ मतदाता कानूनव्यवसायी रहेका छन् । 

    निर्वाचन प्रचारप्रसारको समय सकिसकेको छ भने प्रतिस्पर्धी उमेद्वारहरुले मतदातालाई आफ्ना अन्तिम अपिल समेत सम्पन्न गरेका छन् । 

    देशभरका चुनावी अभियानमा सरिक भएर उत्साहित हुँदै काठमाडौं आईपुगेका प्रगतिशिल तथा पेशागत समूहका वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वमा सदस्य पदका उमेद्वार तारा कुमार श्रेष्ठले कानुन व्यवसायीहरुको मान, मर्यादामा कुनै पनि ठेस लाग्न नदिने प्रतिवद्धता विहिवार राती व्यक्त गरेका छन् । उनी यसअघि पाटन उच्च अदालत बारको सचिवमा लोकप्रिय मत सहित विजयी भएका थिए । 

    विधिको शासन र संवैधानिक कानूनका व्याख्याता मानिने तथा भ्रष्टाचामुक्त, स्वतन्त्र, सक्षम एवं न्यायालय शुद्धिकरणका लागि शसक्त आवाज उठाउने उनै कानुनव्यवसायी श्रेष्ठले अपिल गर्दै सामाजिक संजालमा लेखेका छन् । 

    'नेपाल वार एशोशिएसनको निर्वाचनमा म अधिवक्ता तारा कुमार श्रेष्ठ (खुला सदस्य क्रम संख्या २) उम्मेदवार रहेको वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीको नेतृत्वको समुहलाई अत्यधिक मत दिई विजयी गराउन विनम्र अनुरोध गर्दछु । 

    आदरणीय कानुन व्यवसायीज्युहरु म हाम्रो समूहले गर्ने कार्यको अतिरिक्त निम्न वमोजिमको न्युनतम प्रण, प्रतिवद्धता र प्रतिज्ञा गर्दछु ।

    कृपया मलाई विस्वास र भरोसा गरि दिनुहोस, म नेवाएको केन्द्रीय सदस्यको रुपमा विजय भए वा नभए पनि:
    १. म नेपालको वर्तमान संविधानले चिनेको एकमात्र पेशागत संस्था नेपाल बार एशोसिएशनको आफ्नो ओझ, साख र गरिमालाई सदा अक्षुण राख्ने कार्यमा दत्तचित्त भई कृयाशिल गराउने छु । 
    २. म नेपाल बार एशोसिएसनको ऐतिहासिक गौरवपुर्ण इतिहास र विरासतलाई कहिल्यै डगमगाउन दिने छैन । 
    ३. म नेवाएको स्थापनाको मुल उद्धेश्य र मर्म स भ्रष्टचारमुक्त स्वतन्त्र र सक्षम न्यायापालीका, विधिको शासन मानवअधिकारलाई मेरो शिरमा राख्ने छु । 
    ४. म कानुन व्यवसायीको हक, हित र अधिकारको लागि सदा लडिरहने छु । 
    ५.म पेशागत मान र मर्यादालाई सदा आत्मसाथ गर्ने छु ।
    ६. म नवदित कानुन व्यवसायीको हित संरक्षण र पेशागत सुरक्षा र दक्षताको लागि सदा समर्पित रहने छु ।
    ७. म सम्पुर्ण कानुन व्यवसायीको आर्थिक सुरक्षा र जिवनको उत्तरार्धको लागि सामाजिक सुरक्षाको प्रत्याभुतिको लागि योजना ल्याउने प्रण गर्नेछु । 
    ८. म न्यायालय शुद्धिकरण अभियानलाई नेवाएको मुल अभियानको रुपमा ग्रहण गर्नेछु ।
    ९.अन्तमाः यहाँहरुले मलाई विस्वास र भरोसा गर्नुहोस्, म तपाइ कानुन व्यवसायीहरुको मान, मर्यादा र भावना विपरित कहिल्यै कहिल्यै जाने छैन । धन्यवाद ।'

    २०७८, चैत्र १८ शुक्रवार१०:४०:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार