देउवाको भारत भ्रमणप्रति एमालेको आपत्ति, कुन हैसियतले भ्रमण गर्दै ?

देउवाको भारत भ्रमणप्रति एमालेको आपत्ति, कुन हैसियतले भ्रमण गर्दै ?

२०७८, चैत्र १८ शुक्रवार

  • 801
    SHARES

  • देउवाको भारत भ्रमणप्रति एमालेको आपत्ति, कुन हैसियतले भ्रमण गर्दै ?

    काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रश्न उठाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जान लागेका छन् ।

    तर, मुलुकका कार्यकारी प्रमुखको भ्रमणबारे प्रमुख प्रतिपक्षीसँग छलफल नै नगरिएको भन्दै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आपत्ति जनाएका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने महत्त्वपूर्ण विषयमा मुलुकको सबभन्दा ठुलो र संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग उहाँले कुनै छलफल र सरोकार राख्नुभएको छैन ।’

    देउवाको भ्रमण निजी(पारिवारिक हो कि प्रधानमन्त्रीका हैसियतले भन्दै रिजालले प्रश्न उठाएका हुन् । ‘स्वाभाविक रूपमा प्रश्न उठेको छ : शेरबहादुर देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रधानमन्त्रीको हैसियतले हुन लागेको हो ’ उनले प्रश्न गरेका छन् ।

    २०७८, चैत्र १८ शुक्रवार१०:५८:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार