दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

२०७८, चैत्र १८ शुक्रवार

  • 977
    SHARES

  • दक्षिण कोरियाली वायु सेनाको ट्रेनर जेट दुर्घटना, तीनको मृत्यु

    काठमाण्डौ । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटनाग्रस्त भएको योनहाप समाचार एजेन्सीले शुक्रबार जनाएको छ।

    के टी- १ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४४० किलोमिटर दक्षिणपूर्वमा साचियोनको धान खेतमा दिउँसो १-३६ बजे दुर्घटना भएको थियो ।

    उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ । अग्निनियन्त्रक अधिकारीहरूले उद्धारका लागि दुई हेलिकप्टर, १४ वटा गाडी र ३५ जना कर्मचारी घटनास्थलमा पठाएका छन् ।-एजेन्सी ।

    २०७८, चैत्र १८ शुक्रवार१२:३५:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार