पिएनजीद्धारा मलेसिया पराजित भएसँगै टी–२० क्रिकेट सिरिज रोमाञ्चक मोडमा, मलेसियाको खेल आज  

पिएनजीद्धारा मलेसिया पराजित भएसँगै टी–२० क्रिकेट सिरिज रोमाञ्चक मोडमा, मलेसियाको खेल आज  

२०७८, चैत्र १९ शनिवार

  • 1.1K
    SHARES

  • पिएनजीद्धारा मलेसिया पराजित भएसँगै टी–२० क्रिकेट सिरिज रोमाञ्चक मोडमा, मलेसियाको खेल आज  

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्युगिनीले मलेसियालाई पराजित गरेको छ । 

    पपुवा न्युगिनीले मलेसियालाई आठ विकेटले हराएको हो । मलेसियाले दिएको १९७ रनको लक्ष्य पपुवा न्युगिनीले १७ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

    त्रिदेश सम्मिलित खेलमा नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । मलेसिया र पिएनजीले एक अर्कालाई १ १ पटक पराजित गरेका कारण नेपाल र मलेसिया बिचको खेलले अर्को फाईनलिष्ट निर्धारण गर्ने छ । खेल आज हुनेछ ।  

    शुक्रवार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो । मलेसियाका लागि सैद अजिजले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

    त्यस्तै कप्तान अहमद फैजले ६३ रनको योगदान दिए । उनले ४३ बल खेल्ने क्रममा ५ चौका र ३ छक्का हाने । जुबैद जुल्किफ्लीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन तथा विरनदीप सिंह १५ बलमा एक चौकासहित १० रन बनाए ।  

    बलिङतर्फ पपुवा न्युगिनीका काबुआ मोरेआले ४ विकेट तथा चाद सोपर र राइली हेकुरेले एक÷एक विकेट लिए । 

    जवाफी व्याटिङ गर्ने क्रममा पपुवा न्युगिनीका लागि टोनी उराले अविजित ८६ तथा कप्तान असाद भालाले अविजित ७४ रन बनाए । उराले ३४ बल खेल्दै १० छक्का र दुई चौका प्रहार गरे ।

    यस्तै भालाले ५१ बलको सामना गर्दै एक छक्का र आठ चौका हाने । बलिङतर्फ मलेसियाका फाइनल प्रवेशका लागि मुहमद वफिक र स्याज्रुल इद्रुसले एक एक विकेट लिए । 

    २०७८, चैत्र १९ शनिवार०७:३२:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार