एमबीबीएस परीक्षामा सेटिङ धन्दा

एमबीबीएस परीक्षामा सेटिङ धन्दा

२०७८, चैत्र १९ शनिवार

  • 1.6K
    SHARES

  • एमबीबीएस परीक्षामा सेटिङ धन्दा

    काठमाडौं । स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ । 

    एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थी मार्फत् ३० देखि ४० लाख रुपैयाँ असुली हुने गरेको पाइएको छ । यसमा बिचौलिया र माफियाकै संलग्नता रहने गरेको स्रोतको दाबी छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    चिकित्सा शिक्षा आयोग र चिकित्सा अध्ययन संस्थान (आईओएम)ले लिने एमबीबीएस परीक्षाको इन्ट्रासमा करोडौँको सेटिङ हुने गरेको गुनासा आइरहेका थिए । सेटिङ धन्दा मौलाउँदै जाँदा आयोग र आईओएम दुवैमाथिसमेत आशंका सिर्जना भएको छ ।

    ती निकायले लिने सो परीक्षा शुक्रबारदेखि नै सुरु भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा लामो समयदेखि नै सेटिङको आधारमा करोडौँको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो ।

    शुक्रबारदेखि सुरु भएको एमबीबीएसको इन्ट्रान्स परीक्षामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी र एक जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । 

    अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए । 

    २०७८, चैत्र १९ शनिवार०८:२६:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार