मलेसियामाथि नेपालको सानदार जित, भाग्यमानी पीएनजी फाइनलमा

मलेसियामाथि नेपालको सानदार जित, भाग्यमानी पीएनजी फाइनलमा

२०७८, चैत्र १९ शनिवार

  • 1.3K
    SHARES

  • मलेसियामाथि नेपालको सानदार जित, भाग्यमानी पीएनजी फाइनलमा

    काठमाडौँ । नेपालले त्रिकोणात्मक टी–२० शृङ्खला अन्तर्गत शनिवार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो ।


    नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृङ्खलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो ।

    मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । अब नेपालले फाइनलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

    २०७८, चैत्र १९ शनिवार०८:१७:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार