जनताका दुःखका दिन एमालेले अन्त्य गरिदिएको छ - होम प्रसाद गौतम

जनताका दुःखका दिन एमालेले अन्त्य गरिदिएको छ - होम प्रसाद गौतम

२०७८, चैत्र १९ शनिवार

  • 3.1K
    SHARES

  • जनताका दुःखका दिन एमालेले अन्त्य गरिदिएको छ - होम प्रसाद गौतम

    झापा आन्दोलनका एकहस्ती पुर्व धरमपूर गाविस अध्यक्ष, भ्रष्टाचार विरुद्धका अभियन्ता, पुर्वीय दर्शन आधारित योगध्यानका साधक चर्चीत राजनीतिकर्मी होमप्रसाद गौतमसँग स्थानिय निर्वाचन विशेष सन्दर्भमा गरिएको कुराकानीः 

    १). हिजोआज के गर्दै हुनुहुन्छ ?
    -साझा प्रकाशनमा छोटो समयका लागि जिम्मेवारी थियोे । त्यो जिम्मेवारीबाट मुक्त भए पछि गाउँघरमा नै काममा व्यस्तता छ। 

    २). जनपक्षीय समय देखिनै स्थानीय निकायमा काम गरेको अनुभव रहेको छ । पहिले र अहिलेको काममा के फरक पाउनु हुन्छ ? 
    - पहिले र अहिले मा धेरै ठूलो अन्तर रहेको छ । पहिले ४०-५० हजार बजेट नभएको ठाउँमा ५०-५५ करोडको बजेट परिचालन हुन्छ । झापाको सबैभन्दा कम आम्दानी झापाको दक्षिणी क्षेत्रका गाविसमा हुन्थ्यो भने अहिले सुगम दुर्गम भनेर धेरै भेदभावपूर्ण अवस्था छैन । गणतन्त्र नेपालको संविधान जारी भए पछि स्थानीय तहको काम कर्तव्य र अधिकार पनि फेरिएको छ । जिम्मेवार पनि बदलिएको छ । जनताले वास्तविक गाउँमै धेरै सेवा सुविधा प्राप्त गरेका छन् । जनताको लागि सुनौला अवसरको अवस्था रहेको छ। 

    ३). जनपरिचालन गरेर तपाईं लगायत झापाका केही जनप्रतिनिधिले धेरै राम्रो काम गरेको इतिहास र अनुभव रहेको छ । अहिलेको स्थानीय तहहरुको काम कार्यबाहीबाट कतिको सन्तुष्टि हुनुहुन्छ ?
    - हो विगतको स्मरण गराई दिनु भयो । विगतमा काम गर्न कठिनाई थियो । न्यून आर्थिक श्रोतबाट धेरै काम गरेका अनुभव रहेको छ । धरमपुर पाँचगाछी सडक निर्माणको अभियानमा जनताले बाटो खन्न नदिएर जनतालाई सुविधा भित्र्याउन समेत दिँदैनथे । बरु उल्टै अदालतमा मुद्दा हालेर दुख दिन्थे । म लगायत धेरैले उक्त सडकमा झापा जिल्ला अदालतमा मुद्दा खेपेका थियौँ । आज जनताले मुद्दा हाल्नुको सट्टामा गाउँ गाउँमा सडक बिजुली लगायतका धेरै सुविधाहरु भोग गर्ने अवसर पाएका छन् । बजेट हुँदा जनपरिचालन गरेमा धेरै राम्रोसँग जनसुविधामा वृद्धि भएको छ । जनताका दुस्खका दिन एमालेले अन्त्य गरिदिएको छ । मुख्य गरि गाउँ शहरको विकासमा एमालेको महत्त्वपुर्ण योगदान रहेको छ । गाउँको विकासको जननी नै नेकपा एमाले रहेको छ। यश समयमा नेकपा एमालेलाई घेराबन्दीमा पार्ने रणनीतिमा कैयौंपटक असफल भएका पात्रहरू अपवित्र गठबन्धन गरेर आईरहेका छन् गाउँमा बसेर तिनलाई निस्तेज बनाउनु पनि रहेको छ भने कैयौं सवालमा आफैँ भित्रका अनुशासनमा देखिएका कमिकमजोरी हटाउनुपर्ने पनि रहेको छ । मेरो काम पार्टीलाई बलियो बनाएर आगामी निर्वाचनमार्फत जनताको राज्य व्यबस्था अझै मजबुत बनाउनु रहेको छ ।

    ४). तपाईंको भ्रष्टाचार विरोधी अभियान कहाँ पुगेको छ ?
    - यो अभियान मेरो मात्रै नभएर देशको अभियान बन्नु पर्दछ । राजनीतिक र राष्ट्र सेवकको मुल एजेन्डा बन्नु पर्दछ । म राजनीतिक, राष्ट्र सेवक र सामाजिक अभियन्ताहरुले पदिय मर्यादा विपरीत गैह्र कानुनी बाटोबाट भुमिगत मार्गबाट लिने  दिने परिपाटीको अन्त्य चाहन्छु । यो देशको राष्ट्रिय एजेन्डा बन्नु पर्दछ । हाम्रो देश पछाडि पर्नुको मुल कारणनै व्यक्ति धनी र संघसंस्था वा राज्यकोषबाट दोहन गरेर कंगाल बनाउने परिपाटीको बिरुद्धमा जुनसुकै तन्त्रले पनि एजेन्डा बनाउने ज्ञानमा बिर्को लाग्नु दुखको विषय सम्झन्छु । हामीले पारदर्शिताको लागि नै राजनीतिक, सामाजिक, आर्थिक आन्दोलन चलाउनु जरुरी छ । 

    hom-1.jpg

    ५) तपाईंको नगरका अध्यक्ष चन्द्रकुमार सेर्मालेनै करोडौं भ्रष्टाचार गरेर घर र गाडी जोडेको समाचारलाई यहाँको के भनाइ रहेको छ ? 
    - तपाईले भनेको जस्तो समाचार मैले पनि सुनेको छु, तर त्यसमा सत्यता छ जस्तो मलाई लाग्दैन । मानिसले घरगाडि किन्न बेच्न पाउछ । त्यस विषयमा उहाँ आफैँले पनि प्रष्ट पार्नुपर्ने हुन्छ । अर्कोतिर उहाँको मातहत देखिन माथि सम्म पार्टीका कमिटीहरु रहेका छन् । त्यसले पनि सत्य तथ्य केलाएर जनतालाई सुसूचित गर्नेछ । यदि अनियमितता पाएमा पार्टी र राज्यको कानुन भोग्न सबैले तयार रहनु पर्दछ । सार्वजनिक विषयमा उठेका कुराको जवाफ सार्वजनिक मानिसले नै क्लियर गर्ने विषय हो । जो कसैलाई पनि पार्टीले जनताको काममा सुशासनको लागि पठाएको हो भ्रष्टाचार गर्ने अनुमति पार्टीले कसैलाई पनि दिएको छैन र दिँदैन पनि । यो बिरोधीको गलत आछेप पनि हुन सक्छ । 

    ६). आगामी निर्वाचनमा तपाईं पनि उम्मेदवार बन्ने चर्चा छ नि, के मेयरका लागि दाबेदार हुनुहुन्छ ?
    - निर्वाचनको समयमा राजनीतिक पार्टीका नेता कार्यकर्ताको राजकीय काममा जाने ईच्छा हुनु वा राख्नु अपराध होइन । नेकपा एमाले कार्यकर्ता र सक्षम राजनीतिक कर्मवीरहरुको बिशाल सागर हो । हरेक एक से एक छन् त्यसमा म पनि एक हुन सक्छु । भएको खण्डमा सिनियर, अनुभव र कार्यक्षमता देखि सकेको पार्टी र सरकार संचालनमा अनुभव भएको र पक्षप्रतिपक्षको पनि मन जित्न सक्ने उम्मेदवार सम्झेर नै चर्चा चलेको हुन सक्छ । म भए भने विकासको वर्तमान परिपाटीको अन्त्य गर्दै म आफ्नो कार्य क्षेत्रबाट नै संगठित रुपमा भ्रष्टाचार बिरुद्धको जागरण अभियान पनि सँगसँगै लानेछु । योग अभियान, वातावरणको संरक्षण, कृषिमा सामुहिक र नगरपालिकालाई स्वावलम्बी र आत्मनिर्भरता केन्द्रीकृत काम गर्नेछु । टिकट दिने काम पार्टीको हो भने जनतालाई सफल नेतृत्व दिने काम मेरो हो । चर्चामा भएका मध्येको मैले ईच्छा राखे भने सायदै कसैले दावी गर्लान् । हरेकलाई अवसरबाट बन्चित गर्नु हुँदैन । तर सबै नेता कार्यकर्तालाई उपयुक्त पात्रहरूलाई उपयुक्त स्थानमा व्यवस्थापन गर्नु पर्दछ। 

    ७). अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
    - अवश्य पनि नेकपा एमाले वर्ग बैरीको घेराउमा छ । हाम्रालाई नभएर राम्रालाई उम्मेदवार बनाएर जनताको आन्दोलनको सफल नेतृत्व क्षमता बोकेका मानिसलाई टिकट दिएर 'नेकपा एमाले एकसाथ, सातै सूर्य सातै छाप' पाउने बिजय अभियान चलाउनु पर्दछ । जुनियर र समय हुनेको पनि एक दिन पालो अवश्य आउनेछ । 

    २०७८, चैत्र १९ शनिवार०८:४८:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार