श्रीलंकामा आपतकाल, लगाईयो ३६ घण्टे कर्फ्यू

श्रीलंकामा आपतकाल, लगाईयो ३६ घण्टे कर्फ्यू

२०७८, चैत्र २० आइतवार

  • 841
    SHARES

  • श्रीलंकामा आपतकाल, लगाईयो ३६ घण्टे कर्फ्यू

    नयाँ दिल्ली । राष्ट्रिय आपतकाल लागु भएको श्रीलंकामा दंगा प्रदर्शन नियन्त्रणमा राख्न कर्फ्यू लागु भएको छ । सरकारले आइतबारदेखि ३६ घण्टाको कर्फ्यू लागु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा खाद्यान्न तथा इन्धनसहितका अत्यावश्यक सामग्रीको अभाव भएको छ । यसले गर्दा प्रदर्शन हुँदै आएको छ । ती प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकारले कर्फ्यू लागु गरेको हो ।

    गएको बिहीबार प्रदर्शनकारीले राष्ट्रपतिको निजी निवास क्षेत्रमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसपछि आपतकाल लागु भएको थियो । आपतकालका बाबजुद प्रदर्शन नियन्त्रणमा राख्न नसकेपछि कर्फ्यू लागु गरिएको हो ।

    श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।

    शहरमा सेना परिचालन गरिएको छ। अहिले सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    श्रीलंका अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । आर्थिक संकटका कारण जनजीवन प्रभावित हुँदा स्थानीयहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

    विदेशी मुद्राको अभावका कारण श्रीलंकाले इन्धन किन्न सकिरहेको छैन। अहिले श्रीलंकामा कम्तीमा १२ घण्टा विद्युत कटौती भइरहेको छ। -एजेन्सी । 

    २०७८, चैत्र २० आइतवार०७:५८:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार