पार्टीको निर्णय सबैले मान्नुपर्छ: महामन्त्री थापा

पार्टीको निर्णय सबैले मान्नुपर्छ: महामन्त्री थापा

२०७८, चैत्र २० आइतवार

  • 681
    SHARES

  • पार्टीको निर्णय सबैले मान्नुपर्छ: महामन्त्री थापा

    सिन्धुपाल्चोक । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनावमा तालमेलबारे पार्टीभित्र फरक मत राखे पनि पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।  

    इन्द्रावतीको गाउँपालिकाको गौरवको योजना इन्द्रावती रङ्गशाला र गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रममा उनले भने, “तालमेल गर्नेबारे पार्टीमा निरन्तर छलफल गर्दैछौँ ।” 

    इन्द्रावती गाउँपालिकाको प्रशासनिक भवन रु छ करोडमा तयार भएको हो भने इन्द्रावती रङ्गशाला रु तीन करोड ७९ लाखमा १८ महिनामा तयार भएको हो । रङ्गशालाको प्याराफिटमा एक हजार ४०० व्यक्ति अट्ने क्षमता रहेको छ ।  

    इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले आफ्नो कार्यकालमा सक्दो विकासको प्रयास गरेको बताए । इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले इन्द्रावतीले विकासको फड्को मारेको दाबी गरे । 

    २०७८, चैत्र २० आइतवार०८:२०:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार