आचारसंहिता कार्यान्वयनबारे आयोग जुट्यो छलफलमा, प्रतिनिधिसँग प्रतिबद्धता लिने

आचारसंहिता कार्यान्वयनबारे आयोग जुट्यो छलफलमा, प्रतिनिधिसँग प्रतिबद्धता लिने

२०७८, चैत्र २० आइतवार

  • 1.2K
    SHARES

  • आचारसंहिता कार्यान्वयनबारे आयोग जुट्यो छलफलमा, प्रतिनिधिसँग प्रतिबद्धता लिने

    काठमाडौँ । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तहको चुनावका आचारसंहिता कार्यान्वयनबारे दलहरूसँग छलफल गर्ने भएको छ।

    स्थानीय चुनावका लागि दल दर्ताको निवेदन दिएका दलहरूलाई आयोगले छलफलका लागि बोलाएको हो।

    चैत २२ गते मङ्गलवार दलहरूका प्रतिनिधिसँग आयोगले आचारसंहिताबारे प्रतिबद्धता लिन लागेको छ।

    आयोगले वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि दलहरूबाट निर्वाचन आचारसंहिता कार्यान्वयनबारे प्रतिबद्धता लिने तयारी गरेको आयोग स्रोतको भनाइ छ।

    गत चैत ३ मै निर्वाचन आचारसंहिता स्वीकृत भई राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

    स्थानीय चुनावमा भाग लिने ७९ दलका प्रतिनिधिसँग छलफल गरेर आचारसंहिता पालनाको लागि प्रतिबद्धता लिइने आयोगको भनाइ छ।

    एमालेले आयोगका गतिविधि एकपक्षीय ढंगले अगाडी बढाईएको आरोप लागिरहँदा सो का विषयमा पनि प्रष्ट हुने बुझिएको छ । 

    २०७८, चैत्र २० आइतवार११:०१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार