चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा

चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा

२०७८, चैत्र २१ सोमवार

  • 777
    SHARES

  • चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा

    काठमाडौँ । सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । 

    न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो । 

    यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि आइतवार सुनुवाइ हुन नसकेको हो । 

    २०७८, चैत्र २१ सोमवार०७:१३:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार