न्यामको गोलमा पिएसजीको शानदार जित

न्यामको गोलमा पिएसजीको शानदार जित

२०७८, चैत्र २१ सोमवार

  • 1.3K
    SHARES

  • न्यामको गोलमा पिएसजीको शानदार जित

    पेरिस । आधुनिक फुटबलका तिन चर्चित फुटबलर नेयमार, एमवाप्पे र मेस्सीको सनसनीपूर्ण खेलमा पिएसजीले शानदार जित निकालेको छ ।  

    फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ५ - १ गोल अन्तरमा जित दर्ता गरेको हो । 

    घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्तलाई ५-१ ले पराजित गरेको हो । पिएसजीको जितमा नेइमार र केलियन एमबाप्पेले दुई-दुई तथा लियोनल मेस्सीले एक गोल गरे ।

    नेइमारले १२ र ९० औँ तथा एमबाप्पेले २८ र ६७ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै मेस्सीले ७३ औँ मिनेटमा गोल गरे । लोरिएन्तका लागि ५६ औँ मिनेटमा मोफीले एक गोल फर्काएका हुन् ।

    जितपछि शीर्ष स्थानको पिएसजीको ३० खेलबाट ६८ अंक भएको छ।

    २०७८, चैत्र २१ सोमवार०७:२९:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार