टी–२० क्रिकेट : नेपालद्वारा पपुवा न्युगिनीसामु १६९ रनको लक्ष्य

टी–२० क्रिकेट : नेपालद्वारा पपुवा न्युगिनीसामु १६९ रनको लक्ष्य

२०७८, चैत्र २१ सोमवार

  • 1.2K
    SHARES

  • टी–२० क्रिकेट : नेपालद्वारा पपुवा न्युगिनीसामु १६९ रनको लक्ष्य

    काठमाण्डौ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधिका लागि अहिले नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ ।

    नेपालले पपुवा न्युगिनीसामु जितका लागि १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो ।

    नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ऐरीले ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । यस्तै करन केसीले अविजित ३३ रन बनाए । उनले १२ बल खेल्दै एक छक्का र पाँच चौका प्रहार गरे ।

    आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए । बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए । अहिले पपुवा न्युगिनी जवाफी ब्याटिङ गरिरहेको छ ।

    उसले तीन ओभरमा एक विकेट गुमाउँदै १८ रन बनाएको छ । नेपालका करन केसीले पपुवा न्युगिनीको पहिलो विकेट लिएका छन् ।

    २०७८, चैत्र २१ सोमवार०३:१८:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार