पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : केपी ओली

पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : केपी ओली

२०७८, चैत्र २१ सोमवार

  • 997
    SHARES

  • पाँच दलीय गठबन्धन दुई दिनको खेल हो : केपी ओली

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दुई दिनको खेल रहेको बताएका छन् ।

    प्रगतिशील इन्जिनियर्स एशोसिएसन नेपालको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतको परमाधेशबाट बनेको पाँच दलीय गठबन्धन दुई दिनको खेल भएको आरोप लगाएका हुन् ।

    ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि यो दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो । टालाटुली बाटुल कति राम्रा पुतली भने जस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ ओलीले भने ।

    पाँच दलीय गठबन्धन भ्रमको खेती भएको उनको आरोप छ । स्थायी कुरा सत्य हुने भन्दै ओलीले भने, ‘स्थायी कुरा जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ ।’

    २०७८, चैत्र २१ सोमवार०५:४५:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार