श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

२०७८, चैत्र २१ सोमवार

  • 993
    SHARES

  • श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

    काठमाण्डौ । कोलम्बो–श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् ।

    बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

    यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ ।

    खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ । एजेन्सी ।

    २०७८, चैत्र २१ सोमवार०५:५८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार