काँग्रेसको घोषणापत्र तयारी समितिमा हरिप्रभादेखि आरजुसम्म २८ सदस्य थप

काँग्रेसको घोषणापत्र तयारी समितिमा हरिप्रभादेखि आरजुसम्म २८ सदस्य थप

२०७८, चैत्र २२ मंगलवार

  • 833
    SHARES

  • काँग्रेसको घोषणापत्र तयारी समितिमा हरिप्रभादेखि आरजुसम्म २८ सदस्य थप

    काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत गरेका छन् ।

    महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवा समेत मनोनीत भएकी छन् ।

    काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, नेपालगन्ज उपमहानगरकी उपमेयरकी उमा थापा मगर, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजवाल, नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुङ्गाना, वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, दिप्रुङ चुइचम्पा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई पनि तयारी समितिमा अटाएका छन् ।

    २०७८, चैत्र २२ मंगलवार०७:२३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार