युक्रेन युद्ध

‘बुचा नरसंहार’ : पुटिनमाथि युद्ध अपराधको मुद्धा चलाउन आह्वान

‘बुचा नरसंहार’ : पुटिनमाथि युद्ध अपराधको मुद्धा चलाउन आह्वान

२०७८, चैत्र २२ मंगलवार

  • 745
    SHARES

  • ‘बुचा नरसंहार’ : पुटिनमाथि युद्ध अपराधको मुद्धा चलाउन आह्वान

    अमेरिकी राष्ट्रपति जो बाइडेलने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधमा मुद्धा चलाउन आह्वान गरेका छन् ।

    रुसी सैनिकहरुले युक्रेनमा युद्ध अपराध गरेको आरोपका सन्दर्भमा थप प्रमाणहरु बाहिर आउँदै गएका बेला अमेरिकी राष्ट्रपति बाइडेनले मुद्धा चलाउनका लागि माग गरेका हुन् ।

    युक्रेनको राजधानी किएभ नजिकैको बजार बुचामा रुसी सैनिकले सर्वसाधारणको हत्या गरेर शव सडकमा अलपत्र छोडेको अभियोग छ । बुचामा भएको विनाश, हत्या तथा सामूहिक चिहानका तस्बिर आएपछि अन्तर्राष्ट्रिय समुयदाले रुसको गम्भीर आलोचना गरेका छन् ।

    संयुक्त राष्ट्रसंघीय नियोगले सम्भावित युद्ध अपराधका सम्बन्धमा छानबिनको माग गरेको छ । तस्बिरहरुमा बुचाका सडकमा सर्वसाधारणका शव देखिएका छन् । रुसी सैनिकको कब्जामा रहेको बुचा शहर केही दिनअघि मात्रै युक्रेनको नियन्त्रणमा आएको हो । त्यहाँबाट रुसी सैनिक फिर्ता भएपछि मात्रै विनाश र हत्याको हृदयविदारक तस्बिर बाहिर आएका हुन् ।

    प्रमाण संकलनका लागि बुचा जाँदै गरेका अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई सहयोग गर्ने अमेरिकाले बताएको छ । युद्ध अपराधमा मुद्धा चलाउनका लागि प्रमाण चाहिन्छ ।

    रुसले बुचामा देखिएका तस्बिरलाई अस्वीकार गरेको छ । उसले प्रमाण बिना स्वीकार गर्न नसक्ने बताएको छ । रुसले अस्वीकार गरे पनि बुचाका स्थानीय बासिन्दा तथा अधिकारीहरुले शहर ध्वस्त भएको र सर्वसाधारण निशानामा आएको बताएका छन् । स्थानीय मेयरले करिब ३०० जनालाई सामूहिक चिहानमा गाडिएको बताएका छन् ।

    रुसी सैनिकले छोडेपछि बुचा पुगेको पत्रकारहरुले कम्तीमा २० जनाको शव बाटोमा अलपत्र अवस्थामा देखेको उल्लेख गरेका छन् । र पनि रुसले यो सत्य नभएको दाबी गर्दै आएको छ ।

    यसअघि मारिपोलमा बाल अस्पताल तथा प्रसूति वार्डमा भएको आक्रमणबाट पनि सुरुमा रुसले आफ्नो संलग्नता अस्वीकार गरेको थियो । भग्नावशेष बनेको अस्पतालबाट रक्ताम्य भएर बाहिँदै गरेकी प्रसव पीडाकी महिलाको तस्बिरलाई रुसले ‘फेक’ भनेको थियो । तर ती महिलाले अर्को अस्पतालमा सन्तान जन्माएकी थिइन् ।

    रुसले युक्रेनमा सर्वसाधारणमाथि निशाना बनाए पनि त्यसलाई स्वीकार गरेको छैन । उसमाथि युद्ध अपराध गरेको आरोप लाग्दै आएको छ ।

    युक्रेन सरकारले युद्ध अपराध सम्बन्धी अनुसन्धान सुरु गरेको बताएकोृ छ ।

    किएभ नजिकका क्षेत्रमा ४१० जना सर्वसाधारणको शव भेटिएपछि अनुसन्धान थालेको युक्रेनी अधिकारीको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    केहीलाई सामूहिक चिहानमा फेला पारिएको हो भने अरु केहीको शव हात बाँधिएको अवस्थामा नजिकौबट गोली हानी हत्या गरिएको भेटिएको हो ।

    यस्तै रुसी सैनिकले मोतोयज्हिन गाउँका प्रमुख, उनकी पत्नी र छोराको हत्या गरेको युक्रेनले जनाएको छ ।

    यही परिवेशमा अमेरिकी राष्ट्रपति बाइडेनले पुटिनविरुद्ध मुद्धा चलाउन आह्वान गरेका हुन् । उनले भनेका छन्, ‘यो व्यक्ति (क्रूर) छ ।’ उनले रुसमाथि थप प्रतिबन्धको तयारी गरेको पनि बताएका छन् ।

    ‘तपाईँहरुले देख्नु भयो बुचामा के भयो, पुटिन युद्ध अपारधी हुन्‘तर हामीले बसै प्रमाणहरु संकलन गर्नु पर्ने हुन्छ मुद्धा चलाउनका लागि’, बाइडेनले भनेका छन् ।

    रुसी सैनिकले नियोजित रुपमा नै युक्रेनमा बलात्कार, यातना र हत्या गरेको विश्वसनीय सूचना आफूहरुलाई प्राप्त भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

    युक्रेनको आग्रहमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता तथा वकिलहरुले युक्रेनका महान्यायाधीवक्ताको कार्यालयको युद्ध अपराध युनिटलाई सहयोग गर्ने छ ।

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुचाको भ्रमण गरेका छन् । उनले रुसले नरसंहार र युद्ध अपराध गरेको आरोप लगाएका छन् ।
    बुचाको घटना सार्वजनिक भएपछि फ्रान्स र जर्मनीले रुसी कूटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गर्ने भएका छन् ।

    लिथुवानियाले रुसी राजदूतालाई निकाला गर्ने घोषणा गरेको छ ।

    रुसले सर्वसाधारणको हत्या अस्वीकार गरेर आरोप युक्रेनमाथि नै लगाउने प्रयास गरिरहेको छ ।

    तर बुचाका प्रत्यक्षदर्शीहरुले भने रुसी सैनिकहरुले युद्धबाट जोगिन सम्भावित सुरक्षित स्थानमा जाँदै गरेका व्यक्तिमाथि गोली चलाएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । -एजेन्सी । 

    २०७८, चैत्र २२ मंगलवार०७:३८:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार