वार्ताबाट युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनी राष्ट्रपतिको आग्रह

वार्ताबाट युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनी राष्ट्रपतिको आग्रह

२०७८, चैत्र २२ मंगलवार

  • 1.2K
    SHARES

  • वार्ताबाट युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनी राष्ट्रपतिको आग्रह

    काठमाण्डौ । वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गर्नु भएको छ ।

    साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर सम्झौता गरी युद्ध अन्त्य गर्न सोमबार आह्वान गर्नु भएको हो ।

    हजारौं नागरिकको ज्यान जानेगरी भएको सात वर्ष लामो युद्धलाई राजनीतिक तरिकाले अन्त्य गर्नुपर्नेमा उहाँको जोड छ ।

    “हुथी विद्रोही साथीहरू यमनको राजनीतिको मूल धारमा आउनु होस, वार्ता मार्फत विवाद समाधान गरी युद्ध अन्त्य गर्नुहोस्, मुलुकमा शान्ति कायम होस,” उहाँले भन्नुभयो ।

    साउदी अरबको राजधानी रियाद स्थित आफ्नै निवासमा आफ्नै सरकारका मन्त्रीहरूसँगको छलफलका क्रममा उहाँले हुथी विद्रोहीलाई शान्ति वार्ता मार्फत शान्तिपूर्ण राजनीतिमा ल्याउनु पर्नेमा जोड दिनु भएको हो ।

    शान्तिपूर्ण तरिकाले देशको राजनीतिक द्वन्द्व अन्त्य गर्न हामी हात दिन चाहन्छौँ, सहकार्य गर्न चाहन्छौँ, त्यसका लागि हामी सबैले पहल गरौँ, उहाँले भन्नुभयो ।

    संयुक्त राष्ट्रसंघको संयोजनमा घोषणा गरेको दुई महिने युद्ध विराम शनिबार अन्त्य भएकोले त्यसैको पर्सी पल्ट उहाँले यस्तो आह्वान गर्नु भएको हो ।

    यमनमा सन् २०१४ देखि इरान समर्थित युही विद्रोही र साउदी अरब समर्थित सरकारका बीचमा युद्ध हुदै आएको थियो । युद्धका कारण यमनमा दशौँ हजार मानिसको मृत्यु भएको र ४० लाख विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्याङ्क छ ।-एजेन्सी ।

    २०७८, चैत्र २२ मंगलवार०२:४२:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार