पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

२०७८, चैत्र २३ बुधवार

  • 1.3K
    SHARES

  • पाल्पाको रानीमहल परिसरमा महिला बिच भलिबल प्रतियोगिता हुने

    पाल्पा । पाल्पाको रानीमहल परिसरमा सञ्चालन हुने राष्ट्रिय महिला बिच भलिबलको तयारी पूरा भएको छ । उक्त प्रतियोगिता यही चैत २४ देखि २६ गतेसम्म सञ्चालन हुने छ । 

    प्रतियोगितामा विभागीय टोलीका साथै सातै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक संस्था सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिए ।

    करिब रु ३० लाखको लागतमा आयोजना गर्न लागिएको सो प्रतियोगिताका विजेताले रु एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले रु ५० हजार तथा उत्कृष्ट खेलाडीले रु २० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

    ऐतिहासिक पर्यटकीयस्थल रानीमहलको प्रचार–प्रसारमा टेवा पु-याउने उद्देश्यले कालीगण्डकी नदी किनारमा खेलको आयोजना गरिएको मास्केले बताए ।

    प्रतिष्ठानले एक दशकदेखि विभिन्न सामाजिक काम गर्दै आएको छ । सम्पूर्ण खेलाडीको रु दुई लाख बराबरको बीमासमेत आयोजकले गरेको छ ।

    २०७८, चैत्र २३ बुधवार०१:३०:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार