काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं जिल्लाको १३ औँ अधिवेशन हुने भएको छ ।
आगामी चैत्र २६ गते पुर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमूख आतिथ्यतामा काठमाडौंको गोंगबु स्थित स्काई पार्टी प्यालेसमा अधिवेशन सम्पन्न हुने संगठनका जिल्ला अध्यक्ष बिष्णु पनेरुले बताए ।
अधिवेशनमा काठमाडौं जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालयका प्रधानाध्यापक, उत्कृष्ट नगर शिक्षक संगठन, उत्कृष्ट शिक्षक तथा संगठनका आजिवन सदस्यलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । संगठनको नागार्जुन नगर कार्य समितिले शिक्षक विद्यार्थी कल्याणकारी कोष संचालन गर्न रु.५०,३००/- रकम जम्मा गरेको समेत बताईएको छ ।

पेशागत हकहितका विषयमा चर्को आवाज उठाउने अग्रणी संस्था भएकाले कार्यक्रमलाई भव्य र सभ्य बनाउन आफुहरु लागिपरेको अध्यक्ष पनेरुको भनाई छ । ४ वर्ष अगाडी अध्यक्षमा चुनिएका पनेरु अधिवेशनबाट बिदा लिने मनसायमा छन् ।
त्यस्तै समितिका अन्य पदाधिकारीहरु उपाध्यक्ष अमला थापा मगर, सचिव दिनबन्धु रेग्मी, सहसचिव मञ्जु कार्की, कोषाध्यक्ष मोहन देव भट्ट, सहकोषाध्यक्ष चिना शर्मा, सदस्य कमला कोईराला र गंगाराम थापाले महत्वपूर्ण पदाधिकारीमा रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।
त्यसैगरि निवर्तमान महानगर अध्यक्ष डिल्ली शर्मा, उपाध्यक्ष चन्द्रकला कार्की र वरिष्ठ प्रधानअध्यापक हेरम्ब राज कँडेलले पनि जिल्लामा नेतृत्व तहमा रहेर काम गर्ने ईच्छा व्यक्त गरेका बताईएको छ ।
३ वर्षे कार्यकालका लागि अधिवेशनले ३२ सदस्यीय जिल्ला कार्य समिति र ७ केन्द्रीय प्रतिनिधि समेत चयन गर्ने छ ।