काठमाडौं ३१ मा १९ केन्द्रबाट टाईफाईड विरुद्धको खोप दिईँदै 

काठमाडौं ३१ मा १९ केन्द्रबाट टाईफाईड विरुद्धको खोप दिईँदै 

२०७८, चैत्र २४ बिहिवार

  • 1.5K
    SHARES

  • काठमाडौं ३१ मा १९ केन्द्रबाट टाईफाईड विरुद्धको खोप दिईँदै 

    काठमाडौं । सरकारले १५ वर्ष मुनिका बालबालिकाका लागि टाइफाइड विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ । 

    अभियान चैत्र २५ गते बाट बैशाख १८ गते सम्म संचालन हुनेछ । १५ महिनाभन्दा माथि र १५ वर्ष मुनिका विद्यालय तहका बालबालिकाका लागि खोप संचालन गर्न स्थानिय तहले मिति र केन्द्र नै तोकेर सार्वजनिक सुचना गरेका छन् ।

    खोप अभियानका लागि काठमाडौं महानगरपालिका वडा नं ३१ ले १९ वटा केन्द्र बनाएर खोप अभियान संचालन गर्दैछ ।

    वडाले सूचना नै निकालेर अभियान पश्चात नियमित रुपमा एक डोज टाइफाइड विरुद्धको खोप संचालन गर्न लागेको जनाएको छ । खोप निःशुल्क पाइने छ । 

    टाइफाइड(म्यादे ज्वरो) ज्यानै जोखिममा पार्न सक्ने संक्रामक रोग हो। ढल वा संक्रमित व्यक्त्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ व्यक्त्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ। यो रोग सबै उमेर समूहको व्यक्त्तिहरूमा लागेको पाईएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाईएको छ। 

    1.jpg2.jpg

    २०७८, चैत्र २४ बिहिवार०८:४०:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार