बारमा बृहत् लोकतान्त्रिक प्रगतिशील समूह विजय नजिक 

बारमा बृहत् लोकतान्त्रिक प्रगतिशील समूह विजय नजिक 

२०७८, चैत्र २५ शुक्रवार

  • 1.3K
    SHARES

  • बारमा बृहत् लोकतान्त्रिक प्रगतिशील समूह विजय नजिक 

    काठमाडौँ । नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूह विजय नजिक पुगेको छ । 

    समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले हालसम्म छ हजार मतगणना हुँदा झण्डैँ दोव्वर मत तीन हजार ७२८ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार ९७७ मत प्राप्त गरेका छन् ।

    नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार काठमाडौँ केन्द्रको अब एक हजार ३०० मतगणना गर्न बाँकी छ । शुक्रबार दिउँसो नै सम्पूर्ण काम सक्ने तयारी छ ।

    हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनाल तीन हजार १७५ उनको प्रतिस्पर्धी केदारप्रसाद कोइराला दुई हजार ३४५ रहेको छ । कोषाध्यक्ष भरतबहादुर राउतले तीन हजार ४७५ मत र उनको प्रतिस्पर्धी जगतबहादुर कार्कीले दुई हजार १८८ मत प्राप्त गरेका छन् ।

    गत मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो । आजका लागि मतगणना स्थगित भएको छ भने शुक्रबार बिहान ९ बजेबाट पुनः मतगणना प्रारम्भ गरिने छ भने अन्तिम नजिता पनि आउने छ ।

    बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो ।

    बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सात हजार ४२९ मत खसेको थियो ।

    २०७८, चैत्र २५ शुक्रवार०७:४९:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार