अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

२०७८, चैत्र २५ शुक्रवार

  • 817
    SHARES

  • अमेरिकी सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश

    न्युयोर्क । अमेरिकी न्याय क्षेत्रमा अश्वेत नागरिकले ऐतिहासिक सफलता हात पारेका छन् । 

    यहाँको सर्वोच्च अदालतको न्यायाधीशमा पहिलोपटक अश्वेत महिला न्यायाधीश बन्ने पक्का भएको छ । न्यायाधीश कटान्जी ब्राउन ज्याक्सनको नाम सर्वोच्च अदालतका लागि माथिल्लो सदन सिनेटले बिहीबार अनुमोदन गरेको हो ।

    अमेरिकी सर्वोच्च अदालतको २३३ वर्षको इतिहाउमा ज्याक्सन ९ सदस्य रहेको बेन्चमा बस्ने पहिलो अश्वेत महिला न्यायाधीश बन्ने भएकी हुन् । तीन रिपब्लिकन सिनेटरले आफ्नो पार्टीगत ‘लाइन क्रस’ गरेर न्यायाधीश ज्याक्सनको पक्षमा मतदान गरेका हुन् ।

    १०० सांसद रहेको सिनेटमा भएको मतदानमा ज्याक्सनको पक्षमा ५३ तथा विपक्षमा ४७ मत परेको हो । राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानको क्रममा सर्वोच्च अदालतमा अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने वाचा गरेका थिए । सो वाचा पूरा भएको छ ।

    सिनेटका मेजोरिटी लिडर चक सुमरले न्यायाधीश ज्याक्सनको नियुीक्त भएको दिन अमेरिकाका लागि ‘आनन्दित’ दिन रहेको बताएका छन् ।

    सिनेटमा मतदानको अध्यक्षता उपराष्ट्रपति कमला ह्यारिसले गरेकी थिइन् । उनी पनि अमेरिकाको इतिहासमा पहिलो महिला र अश्वेत महिला उपराष्ट्रपति हुन् ।

    ५१ वर्षकी न्यायाधीश ज्याक्सनले सर्वोच्च अदालतमा न्यायाधीश स्टिफन ब्रायरको स्थान लिने छिन् । आउँदो जुनमा उनी अवकास लिँदै छन् । न्यायाधीश ज्याक्सनले विगतमा न्यायाधीश ब्रायरका लागि काम समेत गरेकी थिइन् ।

    अमेरिकी सर्वोच्च अदालतमा हुने नियुक्ति जीवनभरका लागि हो । ज्याक्सनको नियुक्तिले हालको कन्जरभेटिभ न्यायाधीशको बहुमतमा भने असर पार्ने छैनन् । हाल सर्वोच्चमा ६ जना कन्जरभेटिभ न्यायाधीश छन् ।

    हावर्ड विश्व विद्यालयबाट दुई विषयमा डिग्री हासिल गरेकी ज्याक्सनले हावर्ड ल रिभ्युमा सम्पादकका रुपमा पनि काम गरेकी थिइन् । -एजेन्सी । 

    २०७८, चैत्र २५ शुक्रवार०८:२८:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार