गौतम सहित शिवसताक्षी मेयरमा एमालेका १० जनाले दिए उम्मेदवारी 

गौतम सहित शिवसताक्षी मेयरमा एमालेका १० जनाले दिए उम्मेदवारी 

२०७८, चैत्र २५ शुक्रवार

  • 929
    SHARES

  • गौतम सहित शिवसताक्षी मेयरमा एमालेका १० जनाले दिए उम्मेदवारी 

    दुधे । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि देशैभर उम्मेदवारी दावी तिब्र बन्दै गएको छ ।

    झापा क्षेत्र नं ४ अन्तर्गत शिवसताक्षी नगरपालिकाको प्रमुख पदका लागि एमालेका १० जना आकांक्षीले दावी प्रस्तुत गरेका छन् ।

    यसरी दावी गर्नेहरूमा वर्तमान नगरप्रमुख चन्द्र कुमार शेर्मा देखि पुर्व जनप्रतिनिधि तथा निवर्तमान साझा प्रकाशनका महाप्रबन्धक होम प्रसाद गौतम सम्मले उम्मेदवारी दिएका छन् ।

    यस्तै चर्चित नेताहरु रोशन थोप्रा, राधाकृष्ण खनाल, धन बहादुर थेवेको सशक्त दावी देखिएको छ । त्यस्तै राजिव घिमिरे, विमला प्रसाईं, लिलाप्रसाद भट्टराई, धन प्रसाद लिम्बु र रामचन्द्र दाहालले पनि प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । 

    त्यसै गरि उपप्रमुखमा ८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा पवित्रा लिम्बू, नरमाया कार्की, इन्दिरा बस्नेत, गितादेवी खरेल, मनमाया तिवारी, कल्पना चम्लागाई, जयनारायण अधिकारी र भोजकुमारी नेपाल रहेका छन् । नेपाल वर्तमान उपप्रमुख हुन् ।

    २०७८, चैत्र २५ शुक्रवार०३:१०:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार