कृषि उपज बजार सञ्चालनमा

कृषि उपज बजार सञ्चालनमा

२०७७, पौष १७ शुक्रवार

  • 1.3K
    SHARES

  • कृषि उपज बजार सञ्चालनमा

    पौष १७, धरान ।

    धरान उपमहानगरपालिका वडा नं ७ मा सुविधासम्पन्न कृषि उपज बजार सञ्चालनमा ल्याइएको छ । खुद्रा तथा थोक बिक्रेता र स्थानीयवासीको सुविधाका लागि निजी लगानीमा शुभम् कृषि उपज बजार सञ्चालनमा ल्याइएको हो ।

    करीब रु एक करोड १० लाख लगानीमा धरान कृषि उपज बजारका पूर्वअध्यक्ष काजी गिरीले केही साथीसँगको सहकार्यमा ६ कठ्ठा जग्गा भाडामा लिएर बजार स्थापना गरेका हुन् । उक्त बजारमा कृषकले आफूले उत्पादन गरेको उत्पादन सीधै ल्याएर बेच्न सक्ने गिरीले बताए ।

    तरकारी, फलफूल, खाद्यान्न, सौन्दर्य प्रसाधन, माछामासुलगायत सबै प्रकारका व्यवसायलाई बजारभित्र प्रवेश दिइने जनाइएको छ ।

    २०७७, पौष १७ शुक्रवार०७:५०:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार