निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

२०७८, चैत्र २६ शनिवार

  • 1.1K
    SHARES

  • निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

    काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलङ्घन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।

    शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उलङ्घन गर्ने काम क्षम्य नहुने भन्दै उनीहरूमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताए ।

    निर्वाचनको आचारसंहिता उलङ्घन गर्ने काम निर्वाचन कसुर हुने भएकाले त्यस्ता दल र उम्मेदवारलाई कारबाही गर्न आयोग सदैव तयार रहेको पनि उनले प्रस्ट पारे ।

    निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन भएरनभएको अनुगमन गर्ने जिम्मेवारी तत्कालका लागि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

    निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर जिम्मेवारी ग्रहण नगरेसम्मका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व र जिल्ला निर्वाचन अधिकृतले सदस्य सचिवको भूमिकामा रही सो कार्य सम्पादन गर्ने अधिकार आयोगले प्रत्यायोजन गरेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले स्पष्ट पारे ।

    २०७८, चैत्र २६ शनिवार०६:५९:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार