एकीकृत समाजवादीको जनसभा भृकुटीमण्डपमा हुँदै

एकीकृत समाजवादीको जनसभा भृकुटीमण्डपमा हुँदै

२०७८, चैत्र २६ शनिवार

  • 905
    SHARES

  • एकीकृत समाजवादीको जनसभा भृकुटीमण्डपमा हुँदै

    काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आज (शनिबार) भृकुटीमण्डपमा जनसभा गर्दै छ ।

    मुलुकमा बहुदलीय व्यवस्था पुनः स्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे जानकारी दिन सभा गर्न लागेको हो ।

    सभालाई सफल बनाउन जन वर्गीय सङ्गठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    जनताको चाहनाअनुरुप समाजवादी यात्रालाई अगाडि बढाउन पार्टी स्थापनापछि देशभर भएका सङ्गठन निर्माण तथा विस्तारको अभियानमा जुटेको बताउँदै काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कुसुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौँमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको जानकारी दिए ।

    उनले स्थानीय तहको निर्वाचनमा काठमाडौँका सबै तहका साथै मोर्चामा सङ्गठन विस्तार तथा हरेक मोर्चाका नेता तथा कार्यकर्ता टोलटोलमा जनताको समस्या समाधानका लागि क्रियाशील रहने बताए ।

    जिल्लाअन्तर्गतका सबै सङ्घीय, प्रदेश, महानगर, नगर, गाउँ, वडा तथा प्रायः सबै टोलमा कमिटी निर्माण भइसकेका छन् ।

    पार्टीअन्तर्गतका युवा, महिला, विद्यार्थी मजदुर, पेसागत सङ्गठनलगायत सबै जनसङ्गठनका वडा तहसम्म सङ्गठन विस्तार गर्ने क्रम जारी रहेको बताइएको छ । 

    २०७८, चैत्र २६ शनिवार०७:०९:५७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार