अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानको भ्रमण नगर्न चिनियाँ विदेशमन्त्री वाङ यीले चेतावनी दिएका छन्।
चीनले अमेरिका र ताइवानबीचका सबै आधिकारिक अन्तर्क्रियाको विरोध गर्ने पनि चिनियाँ पक्षले बताएको छ।
समाचारहरुमा उल्लेख भएअनुसार चीनले एक चीन नीतिमा प्रतिबद्ध रहन पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई चेतावनी दिएको छ।
‘पेलोसीले ताइवान भ्रमण गरिन् भने त्यसले एक चीन नीतिलाई उल्लंघन गर्नुका साथै चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा खलल पुग्ने चेतावनी पनि चिनियाँ पक्षले दिएको छ। -एजेन्सी ।