भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

२०७८, चैत्र २६ शनिवार

  • 821
    SHARES

  • भारतमा अझै पनि दैनिक ११ सय सङ्क्रमित

    काठमाण्डौ । कोरोना भाइरसबाट भारतमा अझै पनि दैनिक झण्डै थप ११ सय मानिस सङ्क्रमित हुने गरेका छन् ।

    सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा देशभरी एक हजार १५० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

    भारतको संघीय स्वास्थ्य मन्त्रालयले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने ११ हजार ३६५ रहेको जनाएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा एक हजार १९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

    महामारी सुरु भएदेखि अहिलेसम्म भारतमा चार करोड २५ लाख एक हजार १९६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

    पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गइरहेको तथ्याङ्कले देखाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण ८३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या भने पाँच लाख २१ हजार ६५६ पुगेको छ ।-एजेन्सी ।

     

    २०७८, चैत्र २६ शनिवार०४:१९:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार