प्रगतिशील लेखक सङ्घको अध्यक्षमा डा.मधुसूदन

प्रगतिशील लेखक सङ्घको अध्यक्षमा डा.मधुसूदन

२०७८, चैत्र २६ शनिवार

  • 1.9K
    SHARES

  • प्रगतिशील लेखक सङ्घको अध्यक्षमा डा.मधुसूदन

    काठमाण्डौ । प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२औँ राष्ट्रिय सम्मेलनले डा मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

    कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन भएका छन् ।

    सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ । निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरे भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाए ।

     

    २०७८, चैत्र २६ शनिवार०५:११:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार