काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन काठमाडौं जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
शनिवार काठमाडौंमा सम्पन्न १३ औंँ अधिवेशनले डिल्ली शर्माको नेतृत्वमा ३२ सदस्यीय जिल्ला समिति निर्माण गरेको छ ।
समितिको उपाध्यक्ष(खुला) मा दिनबन्धु रेग्मी, उपाध्यक्ष (महिला) चन्द्रकला कार्की, सचिव मञ्जु माया खँड्का, सहसचिव सरिता ढकाल, कोषाध्यक्ष माधव प्रसाद देवकोटा र सहकोषाध्यक्षमा अनामिका आचार्य निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा सुकुबहादुर लामा, बाबुराम खत्री, सीता थापा, मधु प्रसाद सिंखडा, लक्ष्मण दंगाल, राजकुमार श्रेष्ठ, गीता थापा खँड्का, राम प्रसाद राई, शुशिला अर्याल, सूर्य बहादुर खँड्का, दिप कुमार बुढाथोकी, चक्र बहादुर बिष्ट, गोविन्द प्रसाद ढकाल, दिनेश पाण्डे र दिल कुमारी पंगेनी रहेका छन् ।

त्यसै गरि ७ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बिष्णु पनेरु, केदार(केशव) भट्टराई, तुलाराम ढकाल, सानुमैयाँ खँड्का, हेरम्बराज कँडेल, मोहनदेव भट्ट र अमला थापा मगर निर्वाचित भएका छन् ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा शिक्षक महासंघ अध्यक्ष कमला तुलाधर, निवर्तमान शिक्षक महासंघ अध्यक्ष बाबुराम थापा, पुर्व केन्द्रीय अध्यक्ष डा बाबुराम अधिकारी एवं वर्तमान उपाध्यक्ष विष्णु पोखरेलको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा ४०० भन्दा बढि शिक्षक प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कक्षा कोठाभित्र काबिल रुपमा अध्यापन गराउने शिक्षक संगठनका नेताहरुका विद्यालय अनुकरणीय हुन पर्ने सुझाव इश्वर पोखरेलको थियो । पेशागत हकहितका विषय उठाउने फोरम संगठन भएपनि राजनीतिक रुपमा विचारले लेस भएको शिक्षक मात्र सहि गन्तव्यमा हुने धराणा पोखरेलको थियो ।
बैशाख ३० गते हुने स्थानिय चुनावमा वाच डगको रुपमा काम गरेर समाजलाई अग्रगामी दिशामा लान शिक्षकहरुले अहम भूमिका खेल्नु पर्ने भनाई मन्तव्यका क्रममा अन्य बक्ताले राखेका थिए ।
