आजबाट नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं केन्द्रीय महाधिवेशन हुँदै 

आजबाट नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं केन्द्रीय महाधिवेशन हुँदै 

२०७८, चैत्र २७ आइतवार

  • 2.0K
    SHARES

  • आजबाट नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं केन्द्रीय महाधिवेशन हुँदै 

    काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औं केन्द्रीय महाधिवेशन आज शुरु हुँदैछ । 

    आइतवार काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभागृहमा दिउँसो १२ः०० बजे महाधिवेशन उद्घाटन हुँदैछ । उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    महाधिवेशनमा नीति, कार्यक्रम एवं विधान परिमार्जनका विषयमा छलफल हुनुका साथै नयाँ नेतृत्व समेत चुनिने छन् । हालका अध्यक्ष र महासचिव क्रमशः लक्ष्मण शर्मा र हंश साही छन् । नेतृत्वका लागि आधा दर्जन केन्द्रीय नेताहरुले दावी गरेका बताइएको छ । 

    पेशागत हकहितका विषयमा कडा आवाज बुलन्द गर्ने धारिलो संगठनको रुपमा चिनिएको संगठनमा हाल भने खिया लाग्न थालेको टिप्पणी हुने गरेकोछ । सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कँदा समाजबाट आलोचित बन्दै गएका संगठनहरु विद्यालय शिक्षा सुधार सँगै पुनः छाती फुलाएर बोल्न थालेका शिक्षाविदहरुले बताउने गरेका छन् । 

    नेपालको जेठो शिक्षक संगठनमा देशैभर गरेर ७० हजार भन्दा बढि शिक्षकहरुको आबद्धता रहेको केन्द्रीय उपाध्यक्ष तथा वागमती प्रदेश इन्चार्ज विष्णु पोखरेलले बताए । महाधिवेशनमा सहभागि हुने केन्द्रीय प्रतिनिधिको संख्या ३०० हाराहारीको हुने पोखरेलले अनुमान गरेका छन् । 

    महाधिवेशनमा सहभागी हुन जिल्लाबाटै चुनिएर आउने प्रावधान रहेको छ । धेरै विद्यालय र शिक्षक सदस्य संख्या रहेको राजधानी उपत्यका अन्तर्गत काठमाडौंबाट ६ सामुदायिक र १ संस्थागत गरि ७ जना वरिष्ठ प्रधानाध्यापक तथा शिक्षकहरु केन्द्रीय प्रतिनिधिको रुपमा पठाइएको जिल्ला अध्यक्ष डिल्ली शर्माले बताए ।

    काठमाडौंमा मात्र २ हजार २५ जना शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध रहेको बताइएको छ । 

    २०७८, चैत्र २७ आइतवार०९:२७:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार