राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

२०७८, चैत्र २७ आइतवार

  • 869
    SHARES

  • राष्ट्रिय महिला बिच भालिबलको उपाधि पुलिस क्लबलाई

    पाल्पा । तानसेनमा सञ्चालित सञ्जय स्मृति राष्ट्रिय महिला बिच भालिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई २–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।

    पुलिसले लुम्बिनीलाई २१–८ र २१–१७ ले पराजित ग-यो । नेपाल पुलिसकी कमला पुन र मनिषा चौधरीले लुम्बिनी प्रदेशकी भावना डाँगी र सरस्वती कट्टेलको जोडीलाई पराजित गरेको हो ।

    उपाधिसँगै पुलिसले रु एक लाख र उपविजेता लुम्बिनीले रु ५० हजार नगद प्राप्त गरेका छन् । सञ्जय स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा दुई विभागीय टोली पुलिस, एपिएफ र सात प्रदेशका टोली सहभागी थिए । 

    प्रतियोगिताको समापनका अवसरमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले रानीमहल महिला बिच भलिबलको गन्तव्यका रूपमा विकास गरिनुपर्ने बताएका छन् । उनले भने“रानीमहल परिसरलाई महिला बिच भलिबलका रूपमा विकास गरी पर्यटन प्रर्वद्धन गर्न आवश्यक छ ।” 

    सो अवसरमा पूर्वगभर्नर नेपाल, सञ्जय स्मृति प्रतिष्ठानकी अध्यक्ष निरोज मास्के, नायक धिरेन शाक्यलगायतले जिल्लाका दुई राष्ट्रिय खेलाडीलाई सम्मान गरेका थिए ।

    २०७८, चैत्र २७ आइतवार१२:१५:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार