नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ अन्तरले पराजित

नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ अन्तरले पराजित

२०७८, चैत्र २७ आइतवार

  • 1.5K
    SHARES

  • नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५-१ अन्तरले पराजित

    काठमाडौं । एएफसी फुटसल एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ को अन्तरले पराजित भएको छ ।

    कीर्गिस्तानको बिश्केकमा भएको खेलमा उज्वेकिस्तानलाई जित दिलाउन रोपिइभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक एक गोल गरे ।

    नेपालका मणि लामाले एक मात्र गोल फर्काए ।

    एसियाली छनोटमा बलियो मानिएको उज्वेकिस्तानले पहिलो हाफमै तीन गोल गरेको थियो । नेपालले दोस्रो हाफमा एक गोल फर्कायो ।

    खेलको दोस्रो मिनेटमै निशोनोभले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाए । ११औँ मिनेटमा अकबरले दोस्रो गोल गरे भने इख्तियोरले १६ मिनेटमा गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले पछि पर्यो ।

    २८ मिनेटमा रिवाउण्ड बलमा मणिले गोल गर्दै अग्रता ३–१ मा झारे । ३२ मिनेटमा इख्तियोरले व्यक्तिगत तेस्रो गोल गरे भने एब्बोसले ४०औँ मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई ५–१ को सहज जित दिलाए ।

    समूह ’बी’ मा रहेको नेपालले दोस्रो खेलमा सोमबार ताजकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल २९ चैतमा अफगानिस्तानसँग खेल्नेछ ।

    २०७८, चैत्र २७ आइतवार०२:०६:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार