एमालेबाट इटहरीको मेयरका लागि द्वारिकलाल चौधरी सहित ६ जनाको नाम सिफारिस

एमालेबाट इटहरीको मेयरका लागि द्वारिकलाल चौधरी सहित ६ जनाको नाम सिफारिस

२०७८, चैत्र २८ सोमवार

  • 993
    SHARES

  • एमालेबाट इटहरीको मेयरका लागि द्वारिकलाल चौधरी सहित ६ जनाको नाम सिफारिस

    इटहरी । नेकपा (एमाले) इटहरी उपमहानगरपालिका कमिटीले मेयरमा ६ जनाको नाम सिफारिस गरेको छ ।

    उम्मेदवारको टुङ्गो लगाउन बसेको बैठकमा सहमति नजुटेपछि ६ जनाको नाम सिफारिस गरेको हो ।

    नगर कमिटीले मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमसहित ६ जनाको नाम सिफारिस गरेको हो ।

    बैठकले नगरप्रमुख चौधरी, उपप्रमुख गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, रेवती घिमिरे र बन्नुलाल चौधरीको नाम सिफारिस गरेको हो ।

    उपमेयरको उम्मेदवार छनोटका लागि अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, सङ्गीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिस गरेको छ ।

    उपमहानगरको उम्मेदवारको टुङ्गो केन्द्रीय कमिटीले लगाउनेछ ।

    एमालेबाट उपमहानगरपालिकाका सम्भावित हेभिवेट उम्मेदवार मध्ये रेवतीरमण भण्डारीको नाम सिफारिस भएको छैन यद्यपि केन्द्रले पोखरेलको नाम नै निश्चित गर्ने अनुमान गरिएको कार्यकर्ताको बुझाई छ । 

    २०७८, चैत्र २८ सोमवार०७:२७:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार